मौसमको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । असार ९, गायक सुमन केसी तथा गायिका रचना रिमालको स्वरको युगल गीत ‘मात्तिएको मस्त मौसमको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतमा एसपी कोइरालाको शब्द तथा दिप घतानीको संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरिङ संगीतकार दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् ।
भूमिका राईको प्रस्तुतिमा यो गीतको भिडियो तयार पारिएको हो । रोमान्टिक शैलीको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
गीतको भिडियोमा जोर्डन राज भण्डारी र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा जोर्डन र स्मारिकाको प्रेमभावलाई चित्रण गरिएको छ ।