अर्थमन्त्री शर्माको राजीनामा माग्दै विराटनगरका उद्योगी सडक संघर्षमा

सहयात्रा टिभी

काठमाडौँ । असार ९, उद्योग क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्धता जनाएर पनि पूरा नगरेको भन्दै मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक प्रदर्शन गरेका छन् ।

बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरका तीनवटा औद्योगिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले आगामी आर्थिक वर्षको बजेटले द्योगीलाई मर्कामा पारेको जनाउँदै लामो समयदेखि प्रदर्शन गरिरहेका छन् । माग सम्बोधनको आश्वासन दिइने तर कार्यान्वयन नगरेपछि अर्थमन्त्रीको राजीनामा मागेर सडक प्रदर्शनमा उत्रिनुपरेको उद्यागीको भनाइ छ ।

प्रकाशित : 23 June, 2022

प्रतिक्रिया दिनुहोस्