नर्वेको राजधानी ओस्लोमा गोली चल्दा दुई जनाको मृत्यु

काठमाडौँ । असार ११, नर्वेको राजधानी ओस्लोस्थित एक नाइटक्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा १४ जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त क्षेत्रको लण्डान पब, समलैंगिक बार तथा नाइटक्लबमा मानिसहरुमाथि गोली प्रहार भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीले संदिग्ध एक व्यक्तिलाई गिरफ्तार गरेको छ ।
बन्दुक आक्रमणको पछाडि के थियो भन्ने बारे खुल्न सकेको छैन । उक्त आक्रमणका एक प्रत्यक्षदर्शीले भनेका छन् ‘ मैले एक जना व्यक्ति ब्यागसहित आएको देखेँ । उनले बन्दुक झिके र गोली चलाउन थाले ।’
नर्वेमा गत वर्ष धुनष र वाणबाट गरिएको आक्रमणमा थुप्रै मानिसको मृत्यु भएको थियो ।