केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कबड्डी ४’ले २८ दिनमा कमायो २२.४७ करोड

सहयात्रा टिभी

काठमाडौँ । असार १२, दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा अझैँपनि राम्रो ब्यापार गरिरहेको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार पारिएको यस फिल्मले २८ दिनमा २२ करोड ४७ लाखको कमाइ गरिसकेको छ ।

निर्माण पक्षका अनुसार यो फिल्मले अहिले पनि दैनिक ३ देखि ५ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्दै आएको छ । अब ‘कबड्डी ४’ले २३ करोडको आँकडा पार गर्न ५३ लाख रुपैयाँको बक्स अफिस कलेक्शन गर्नुपर्नेछ ।

अब ५५ लाखको कलेक्शन गर्न सकेमा नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान ‘कबड्डी ४’ले कायम गर्नेछ । निर्देशक तथा निर्माता गुरुङ फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास्त छन् ।

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्