ललितपुर महानगरभित्र पानीपुरी र चटपटे बेच्न रोक

ललितपुर । असार १२, हैजा फैलनसक्ने भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे विक्रिममा रोक लगाएको छ।
महानगरभित्र माइकिङ गरि पानीपुरी र चटपटे नबेच्न जानकारी गराइसकेको र कसैले बेचेको पाइए कारबाही गरिने ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
पानीपुरीमा राखिने पानीमा हैजाका जीवाणु मिसिएको हुन सक्ने देखिएकाले बिक्री रोकिएको र सडक किनारामा मात्र नभइ रेष्टुरेन्ट र होटलमा पनि पानीपुरी र चटपटे बेच्न नदिइने उनले जानकारी दिए ।
सडक छेउमा बिक्री हुने पानीपुरी लगायत खाना र खाजाबाट हैजा फैलिरहेको पाइएकाले विक्रिमा रोक लगाइएको हाछेथुको भनाइ