केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १४, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु. ९७ हजार ७०० पुगेको छ ।

भने पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै गरी नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्