मलको व्यवस्था छिटो गर्न कृषिमन्त्रीसमक्ष पौडेलको माग
सहयात्रा टिभी
काठमाडौँ । असार १५, कांग्रेस नेता प्रदीप पौडेलले किसानहरूलाई रासायनिक मलको व्यवस्था गर्न कृषिमन्त्री महेन्द्रराय यादवको ध्यानाकर्षण गराएका छन् ।

कृषि मन्त्रालय सिंहदरबार पुगेर पौडेलले बाली लगाउने बेलासम्म पनि मलको अभाव रहेको भन्दै छिटो व्यवस्था गर्न माग गरेका हुन् ।


