पोखरामा रोपाइँ महोत्सवको रौनक

काठमाडौँ । असार १५,पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा बुधबार १७ औं असारे रोपाइँ महोत्सव मनाइएको छ ।
विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक लक्षित गरेर पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गरेको हो । पोखरा २५, हेम्जाको माइस्थानमा करिब १० रोपनी खेतमा भएको रोपाइँ महोत्सवमा पर्यटन व्यवसायीसहित किसान उत्साहित थिए ।
महोत्सवमा विदेशी पर्यटक नेपालीसँगै रमाइलो मानेर हिलो छ्यापाछ्याप गरेका थिए । विदेशीहरूले पनि त्यहाँ आयोजना गरिएको विभिन्न प्रतियोगितामा भाग लिए । उनीहरू उक्त महोत्सवलाई विशेष चासोका साथ हेरेका थिए ।