क्यानडाको ओन्टारियो क्लबसँग अभ्यास म्याच खेल्दै नेपाल

काठमाडौँ । असार १७, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियो एकेडेमीसँग अभ्यास खेल खेल्दैछ ।
खेल नेपाली समयअनुसार राति पौने ९ बजे किङ्ग सिटी स्टेडियममा हुनेछ । नेपालले यो अभ्यास खेलपछि जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्ने तालिका छ ।
क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ ।