मोरङमा खाल्डोभित्र युवती शव फेला

सहयात्रा टिभी

विराटनगर । असार २०, मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको छ ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्