इंग्ल्याण्डविरुद्ध भारतको सानदार जित
सहयात्रा टिभी
काठमाडौँ । असार २९, भारतले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डमाथि सानदार जित निकालेको छ ।

इंग्ल्याण्डले दिएको १११ रनको लक्ष्य भारतले १८.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्दै १० विकेटको जीत दर्ता गर्न सफल भएको हो । भारतलाई जिताउनका लागि रोहित शर्माले ७६ तथा शिखर धवनले ३१ रनको नटआउट पारि खेले। यी दुईको जोडीले एक दिवसीय क्रिकेटमा ५ हजार रन पनि पूरा गरेको छ।
भारतीय क्रिकेट टिमका लागि ओपनिङ जोडी सचिन तेन्दुलकर र सौरभ गांगुली पछि रोहित र शिखरको जोडीले ५ हजार रन पूरा गरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले २५.२ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। भारतका जसप्रित बुमराहले ६ विकेट लिँदा मोहम्मद सामीले ३ विकेट हात पारेका थिए। प्रसिद्ध कृण्णको नाममा १ विकेट रह्यो।
इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ३० रन बनाउँदा मोइन अलिको ब्याटबाट १४ रन बन्यो भने डेभिड वेलीले २१ रन बनाए। ब्रेडन केर्सले १५ रन जोड्दा जेसन रोय, जो रुट, बेन स्टोक्स र लियाम लिभिङस्टोलने खाता नै खोल्न असफल रहे।
यस जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।


