जोरपाटीमा लेदो माटोसहितको फोहोरा निस्कियो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, काठमाडौंको जोरपाटीमा आज विहान देखि लेदो माटो र पानीसहितको फोहोरा बाहिर निस्किएको छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदोले भरिएको छ । थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रकाशित : 19 July, 2022

प्रतिक्रिया दिनुहोस्