श्रीलंकाको नयाँ राष्ट्रपतिचयनका लागि मनोनयन दर्ता

काठमाडौं । साउन ३, श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो ।
राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने छन् । आर्थिक संकटको विरोधमा प्रदर्शनले उग्ररुपलिएपछि गोटाबाया देश छाडेर भागेका थिए । नयाँ राष्ट्रपतिमा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको रहेकोछ ।