राष्ट्रिय टिमलाईनौलो अनुभव राखेपको रिफ्रेसमेन्ट

सहयात्रा टिभी

काठमाडौँ । साउन ५, खेल मनोविज्ञानको विषय नेपाली खेलजगतका लागि नौलो अनुभव हो । सफल खेलाडी बन्न शारीरिक चुस्तता, तयारी र अनुभवसँगै समानान्तर अर्को पक्ष मनोविज्ञानबारे नेपालमा चर्चा शुरु हुन थालेको छ ।


एसियाली खेलकुदको तयारीमा जुटेका राष्ट्रिय टिमका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले रिफ्रेशमेन्टका नामममनोरञ्जनात्मक प्रस्तुतिसहित रात्रिभोजको आयोजना गरेको थियो ।

निरन्तरको प्रशिक्षणबाट एकोहोरो बनेका खेलाडीलाई उर्जा भर्ने उद्देश्यबाट आयोजित यो कार्यक्रम खेल मनोविज्ञानकै एउटा हिस्सा हो । काठमाडौंका एउटा पार्टी प्यालेसमा २३ खेलका ३ सय बढी खेलाडी जम्मा भएर मनोरन्जन गरे, मन्त्रीसहित खेलकुद क्षेत्रका उच्च पदाधिकारीको कुरा सुने, प्रशिक्षणका क्रममा खिचिएको आफ्नै भिडियो प्रदर्शनी हेरे, कलाकारको प्रस्तुतिमा झुमे, नाचगान गरे रमाइलो गरे ।

यसवाट अनौपचारिक कार्यक्रमले राष्ट्रिय टिमका खेलाडीबीच परिचयसँगै सामाजिकीकरणको अभ्यास गरायो सबैले नौलो माहोलको अनुभव गरे । नेपालमा राष्ट्रिय टिमका खेलाडीका लागि गरिएको यो पहिलो बृहत अनौपचारिक कार्यक्रम थियो ।

प्रकाशित : 21 July, 2022

प्रतिक्रिया दिनुहोस्