नागरिकता बाहेकका अन्य विषय संसदको कार्यसूचीबाट हटाइयो
सहयात्रा टिभी
काठमाडौँ । साउन ६, नागरिकता विधेयक बाहेकका अन्य विषय संसदको कार्यसूचीबाट हटाइएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट पारित गर्ने तयारी पनि गरेको छ ।