नम्रतासँगको अभिनयमा रामकृष्णले ल्याए ‘काली’

काठमाडौँ । साउन ६, आफ्नो पछिल्लो गीत ‘काली’ सार्वजनिक गर्न आयोजित समारोहमा ढकाल उत्साहित देखिएका छन् । आफ्नो जीवनमा आधारित फिल्म ‘आशिर्वाद’ गरेयता गायक रामकृष्ण ढकाल ठूलो पर्दामा देखिएका थिएन । तर उनी पुनः फिल्ममा ‘कमब्याक’ गर्न चाहन्छन् ।
नयाँ गीत ‘काली’ सार्वजनिक गर्ने क्रममा ढकालले फिल्ममा फर्कन उत्साहित भएको जनाएका छन् । २० वर्षपछि अभिनयमा फर्किन इच्छुक देखिएका ढकाल यथार्थवादी कथावस्तु पाए अभिनय गर्न आफू तयार रहेको जानकारी दिए । नयाँ गीत ‘काली’मा उनले नम्रता सापकोटासँग अभिनय गरेका छन् । सुव्रत आचार्य निर्देशित भिडियोमा नम्रतासँग ढकाल रोमान्टिक पनि देखिएका छन् ।