केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा र बिक्री दर २८ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : 24 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्