भक्तपुरको सल्लाघारीमा ढलेको २ रुखले लियो ३को ज्यान

काठमाडौँ । साउन ८, भक्तपुर नगरपालिका १ सल्लाघारीमा शनिबार रआइतबार गरी २४ घन्टाभित्र दुई वटा रुख ढली जन धनको क्षति भएको छ ।
शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, र रुखलाई काटेर हटाइ बाटो खुलाइयो ।
त्यसैगरी आइतबार पनि दिउँसोको समयमा रुख ढल्दा भने ३ जनाको ज्यान गएको छ । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीबाट जानकारी आएको छ ।
शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।