केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्थमन्त्री प्रकरण : छानबिन समितिले आजै विज्ञसँग परामर्श गर्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएकोसम्बन्धमा छानबिन गरिरहेको संसदीय विशेष समितिले विज्ञसँग छलफल गर्ने भएको छ ।

अर्थमन्त्रालयको डिलिट भयो भनिएको सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्याबले रिकभर गरेर समितिलाई रिपोर्टसहित बुझाएपछि समितिले अध्ययनका लागि विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा मंगलबार बिहान बसेको समितिको बैठकले प्रहरीले बुझाएको फरेन्सिक ल्याबको रिपोर्ट खोलेको थियो । यससम्बन्धमा थप अध्ययन गर्न प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञलाई बोलाइएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

आजै अपराह्न चार बजे बस्ने अर्को बैठकमा विज्ञसँग प्रहरीले बुझाएको रिपोर्टबारे छलफल हुने उनले बताए ।

प्रहरीको प्रयोगशाखाले सीसीटीभी फुटेजबारेको विवरण शिलबन्दी गरेर सोमबार समितिलाई बुझाएको थियो ।

प्रकाशित : 26 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्