इन्स्टाग्राममा १० लाख बढी फलोअर्सको सूचीमा पर्ने चर्चित अनुहार भएका ६ जना नेपाली सेलिब्रिटी

सहयात्रा टिभी

काठमाडौं । साउन १०, सामाजिक सञ्जाल इन्स्टाग्रामलाई सेलिब्रिटी शक्ति नाप्ने एउटा सूचक पनि मानिन्छ । हिजो आज इन्स्टाग्राममा १० लाख बढी फलोअर्सको सूचीमा पर्ने चर्चित अनुहार भएका ६ जना नेपाली सेलिब्रिटीहरु चर्चामा आएका छन् ।

पछिल्लो समय इन्स्टाग्राम सेलिब्रिटी र दर्शकबीचको अन्तरक्रिया गर्ने महत्वपूर्ण प्लेटफर्म समेत बनेको छ । यसै माझ अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई २१ लाख जनाले पछ्याएका छन् ।

नेटफ्लिक्स फेम्ड कीर्तिमानी आरोही निर्मल पूजा अदितीपछि दोस्रो स्थानमा छन् । डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’का यी पात्र तथा आरोहीलाई २० लाखले पछ्याएका छन् ।

श्रृंखला खतिवडा, मनिषा कोइराला, प्रियंका कार्की र स्वस्तिमा खड्कालाई १०/१० लाख जनाले फलो गरेका छन् । अदिती, निर्मल र मनिषालाई नेपालमा मात्र नभएर अन्य मुलुकबाट पनि पछ्याइएको छ ।

हालैको एक बीबीसी विवरणमा, किशोर / किशोरीमाझ सामाजिक सञ्जाल इन्स्टाग्राम सबैभन्दा विश्वसनीय समाचार स्रोत घोषित भएको छ साथै इन्स्टाग्रामले फेसबुक र ट्वीटरलाई पनि चुनौती दिइरहेको उल्लेख छ ।

 

प्रकाशित : 26 July, 2022

प्रतिक्रिया दिनुहोस्