यती एयरलाइन्सको इन्जिनमा ‘रेड लाइट’देखीएपछि थप जोखिम नलिन अवतरण

काठमाडौँ । साउन १३, यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाजमा इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिन उडेको ६ मिनेटमै अवतरण गराइएको छ ।
सोहि जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । यती एयरलाइन्सको बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।
जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरामै अवतरण गराएको र हवाई सुरक्षामा थप जोखिम नहोस् भनी फर्काइएको लगत्तै इन्जिनियरहरुले जहाजको जाँच गर्न थालेको जानकारीमा आएको छ ।