विश्व बाघ दिवस : बाघको संख्या पछिल्लो ४ वर्षमा १२० थपियो

काठमाडौँ । साउन १३, नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार बाघको संख्या पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।
सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले बढेर ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।