केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागमती प्रदेशका किसानलाई दूधमा १६ करोड रुपैयाँ अनुदान

सहयात्रा टिभी

काठमाडौँ । साउन १३,  बागमती प्रदेशका २ सय ६० वटा सहकारी संस्थामा आवद्ध किसानका लागि प्रदेश सरकारले अनुदान दिएको छ । किसानलाई दूधमा अनुदान दिन थालेको प्रदेश सरकारले गएको आर्थिक वर्षमा १६ करोड रुपैयाँ वितरण गरेको छ ।

४० वटा गाईं भैंसी पालेर पशुपालनलाई नै मुख्य पेशा बनाएका किसानका लागि प्रदेश सरकारले अनुदान दिन लागेको रकम अतिरिक्त आम्दानी जस्तै भएको छ ।
गाउँकै लिलावती साना किसान कृषि सहकारीलाई दूध दिँदै आएका किसानका लागि प्रदेश सरकारले अनुदानको रकम सहकारीमार्फत नै पठाएको छ । सहकारीले साधारणसभामा सम्मानसहित रकम हस्तान्तरण गर्ने योजना बनाएको छ ।

यो सहकारीले प्रदेशमै सबैभन्दा धेरै ५८ लाख ५५ हजार ५ सय ४० रुपैयाँ नगद अनुदान प्राप्त गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ३५ लाख ७४ हजार ८ सय ११ लिटर दूध संकलन गरेको थियो ।

प्रकाशित : 29 July, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्