विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । साउन १६, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

 

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ । सो सुचनामा ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

प्रकाशित : 1 August, 2022

प्रतिक्रिया दिनुहोस्