खेलकुद विकासमा बृहत्तर सोच र राज्यको तर्फ बाट योजना बनाउनु अहिलेको आवश्यकता

काठमाडौं । साउन १६, हाम्रो देशका खेलाडीले उत्कृष्ट नतिजा निकाल्ने गरी सरकारी तवरकुनै नया योजनाहरू बनेको छैन । खेलाडीको चरणबद्ध विकासमा चरणबद्ध तयारी र मार्गदर्शनको आवश्यकता पर्छ । त्यसैले खेलकुद विकासमा बृहत्तर सोच हुनु र राज्यको तर्फ बाट योजना बनाउनु अहिलेको आवश्यकता देखिएको छ।
अहिले भइरहेका राष्ट्रिय टिममा तयारीको प्रशिक्षण सामान्य छ । सबैभन्दा ठूलो कुरा प्रतिभा र क्षमताको पहिचान गरी, त्यसलाई संरक्षण गर्ने र सर्वोत्कृष्ट बनाउने तिर लाग्नु नै खेलकुद विकासमा बृहत्तर सोच बुझीन्छ । भारत सरकार को तुलनामा नेपाल सरकारले तेस् तर्फ ध्यान दिएको देखिदैन ।
‘ज्याभलिन थ्रो’ तर्फ ओलम्पिकमा स्वर्ण जितेका भारतका निरज चोपडाले हालै विश्व च्याम्पियनसिपमा रजत जिते । ठूला प्रतियोगितामा नियमित सर्वोत्कृष्ट प्रदर्शन कायम राख्न भारत सरकारले उनीमाथि गरेको लगानीको दायरा करोडौं रुपैयाँको छ । उनी आफैंले नै राज्यको लगानीकै प्रतिफलमा मैले पदक जित्न सकेको हो भनिरहेका छन्।
यि र यस्तै उदाहरणहरु मात्र छन् जुन हाम्रो देशमा अनुशरण गरिनु पर्ने धेरै कुराहरु छन् । हामीले एकैपल्ट सबै खेलकुदमा लगानी गर्न सक्दैनौं तर राष्ट्रिय च्याम्पियन तयारीका लागी खेलमा विशेष लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । जिल्लास्तरमा शिक्षक र स्वयंसेवक प्रशिक्षकबाट प्रशिक्षित एउटा खेलाडी भोलि जित्दै जाँदा प्रदेश र केन्द्रमा पुग्छ । त्यसपछि उसको अन्तर्राष्ट्रिय यात्रा सुरु हुन्छ ।
नेपालमा हाल सम्म जसले अन्तर्राष्ट्रिय सफलता हासिल गरे, त्यो संख्या १०र१२ जना होला । त्यो भनेको के हो भने सबैले सफलता पाउँछन् भन्ने हुँदैन तर, सम्भावना बोकेमा ती १०र१२ जनालाई स्तरोन्नति गर्ने काम राज्यको हुनुपर्छ । खेलाडीलको चरणबद्ध विकासमा चरणबद्ध तयारी र मार्गदर्शनको आवश्यकता पर्छ । त्यसैले खेलकुद विकासमा बृहत्तर सोच हुनु र राज्यको तर्फ बाट योजना बनाउनु अहिलेको आवश्यकता देखिएको छ ।