केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रेजरी बिल आफैं खरिद गर्दै ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकको सकारात्मक कदम

सहयात्रा टिभी

काठमाडौं । साउन १७, बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गर्दै ब्याजदर नियन्त्रणमा सकारात्मक कदम चालेको हो ।

केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा त्यसलाई निरुत्साहन गर्न सोमबारको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।
त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिल पनि बैंकहरुलाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।  ब्याजदर नियन्त्रण गर्न र बैंकहरुले जथाभाबी ब्याजदर बोलकबोल गर्ने कार्यलाई निरुत्साहित गर्न राष्ट्र बैंक आफैंले ट्रेजरी बिल किन्नु सकारात्मक र स्वागतयोग्य भएको पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।

१० साउनमा ९१ दिनको ट्रेजरी बिलमा डिस्काउन्ट रेट १३.९९८८ प्रतिशत र न्युनतम ९.९००३ प्रतिशत बोलकबोल गर्दा औसत १२.००३३ प्रतिशत कायम भएको थियो । सोमबारको बोलकबोलमा ९१ दिनको ट्रेजरी बिलको लागि बैंकहरुले डिस्काउन्ट रेट अधिकतम ११.८००१ प्रतिशत र न्युनतम ११.४१६८ प्रतिशतको प्रस्ताव पेश गर्दा औसत ११.६९४६ प्रतिशत कायम भएको छ । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको लागि डिस्काउन्ट रेट १०.९९८८ प्रतिशत  तय भएको छ ।

 

प्रकाशित : 2 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्