अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्डलाई एटलान्टिक सन्धि सङ्गठनमा सहभागी हुन प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । साउन १९, एजेन्सी – अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए ।

प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो । अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने प्रस्ताव थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपको विषय गम्भीर बनेको छ ।

यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरेको सैन्य अभ्यासको जी–सेभेन समूह देशका विदेशमन्त्रीले संयुक्त वक्तव्य निकालेर चीनको यो अभ्यासले अस्थिरताको जोखिम बढाएको प्रतिक्रिया दिएका छन् ।

जी–सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।

प्रकाशित : 4 August, 2022

प्रतिक्रिया दिनुहोस्