केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्याजदर परिर्वत गर्नसक्ने निति लागु गरेपनि तत्काल बढाउन नसक्ने बैंकर्स संघको निर्णय

सहयात्रा टिभी

काठमाडौं । साउन २०, राष्ट्र बैंकको मौद्रिक नीति कार्यन्वयनमा निक्षेपको ब्याजदर बढाउने निर्देशन लागुगरेपनि नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

यसअधि १ प्रतिशत बिनदुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्णबैंठक बोलाएको थियो ।

शुक्रबार भएको छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको जानकारी प्राप्त भएको छ ।

अहिले पनि मुद्रास्फीति भन्दा निक्षेपको बयाजदर उच्च रहेको भन्दै ब्याजदरलाई स्थायीत्व दिनुपर्ने सहमति भएको जनाएको छ । बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दवाब पर्ने भएकोले निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भएकोले भदौमा पनि अहिलेकै ब्याजदरलाई राष्ट्र बैंकको निर्देशनअनुसार समायोजन गरेर निरन्तरता दिने जानकारी प्राप्त भएको छ ।

 

 

प्रकाशित : 5 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्