केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय वाणिज्य बैंकको नाफामा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन २०, खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा बृद्धि भएको जानकारी प्राप्त भएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको थियो ।

शुक्रबार बैंकले आर्थिक वर्ष २०७८र७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा तीन अर्ब ७९ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवमा ३७।३८ प्रतिशतले नाफा बढाएको हो ।

गत आवमा खुद ब्याज आम्दानी १७।२९ प्रतिशतले वृद्धि भएर ९ अर्ब ६६ करोड ९३ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ६८ करोड १८ लाख राइटब्याक गरेको छ ।

प्रकाशित : 5 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्