पीएसजीको विजयी सुरुआत

काठमाडौं । साउन २२, पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेका छन् ।
शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५-० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।
पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । यस्तै नेइमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
२६ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो । खेलको ३८ औं मिनेटमा मार्किन्हसले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो।
खेलको ८० औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए ।
जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।