केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम स्थिर

सहयात्रा टिभी

काठमाडौं । साउन २२, साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम स्थिर छ ।

आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ ।

आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ ।

 

प्रकाशित : 7 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्