विद्युतिय प्रसारण प्रणाली सहज बन्दै, २२० केभी भोल्टका ३ सबस्टेसन सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । साउन २२, नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (केभी )का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याउदै छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको र अव विद्युतिय प्रसारण प्रणालीमा सहज बन्दै गएको जानकारी प्राप्त भएको छ ।


साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा(तुम्लिङटार खण्ड) सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर रहेको छ ।

प्राधिकरणका अनुसार प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको यसले विद्युतिय प्रणालीमा सुदृढीकरण हुदैगएको जानकारी प्राप्त भएको छ ।

२२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युतिय आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरेका छन् ।

नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल-भारत विद्युतिय प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युतिय प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो ।

 

प्रकाशित : 7 August, 2022

प्रतिक्रिया दिनुहोस्