ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार चालक कारबाहीमा

काठमाडौं । साउन २२, ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हप्तामा १७ हजार चार सय ९३ जना चालकलाई कारबाही गरेको छ । जसमध्ये जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९ जना कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ ।
जाँड–रक्सी खाएर गाडी चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९, रेड लाइटमा गाडी चलाउने पाँच सय ७४, जथाभाबी रूपमा नम्बर प्लेट बनाउने दुई सय ४२ र अन्य गरी १४ हजार नौ सय ४४ चालकलाई कारबाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी कारबाहीमा पर्ने जाँड–रक्सी खाएर गाडी चलाउने छन् । यही साउन १५ देखि २१ गतेसम्ममा जाँड–रक्सी खाएर गाडी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।