न्यान्सीको भ्रमण, चीनको ताइवानमा आक्रमण गर्ने बहाना मात्र भएको ताइवानका विदेशमन्त्रीको आरोप

सहयात्रा टिभी

काठमाडौँ । साउन २४, ताइपेई, बेलायती समाचार संस्था रोयटर्सले जनाए अनुसार ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको विरोधमा सुरु गरेको सैन्य अभ्यासलाई स्वशासित टापुमा आक्रमणको तयारी गर्ने बहानाको रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

वुले ताइपेईमा एक पत्रकार सम्मेलनमा गर्दै मंगलबार भने, “चीनले ताइवानमाथि आक्रमणको तयारी गर्न ड्रिललाई प्रयोग गरेको छ ।”उनले ताइवान ‘स्ट्रेट’मा शान्ति र स्थिरताको रक्षा गर्न अन्तर्राष्ट्रिय समर्थनका लागि आग्रह पनि गरेका छन् ।

“ताइवान जसलाई चीनले आफ्नो दाबी गरेको छ, चीनले ताइवान स्ट्रेटमा अनौपचारिक मध्यरेखा उल्लंघन गर्ने अभ्यास जारी राख्दा पनि हामी डराउने छैनौँ,” उनले थपे ।

टापु वरपर ठूलो चिनियाँ अभ्यासको चार दिनको आइतबार निर्धारित समाप्तिपछि सैन्य तनाव बढ्दै गएकाले वुको प्रतिक्रिया आएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।चीनले सोमबार संयुक्त सैन्य अभ्यास घोषणा गरिसकेको छ । पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण अपरेसनहरूमा केन्द्रित नयाँ अभ्यास गर्नेछ । सुरक्षा विश्लेषक र कूटनीतिज्ञहरूले चीनको उक्त कदमलाई ताइवानलाई दबाबमा राख्न खोजेकोरूपमा अर्थ्याएका छन् ।

यता, ताइवानले पनि मंगलबार आफ्नो लामो समयदेखि तय गरेको अभ्यास सुरु गरेको छ । ताइवानले दक्षिणी काउन्टी पिङतुङमा समुद्रमा तोप पड्काउँदै अभ्यास सुरु गरेको हो ।

प्रकाशित : 9 August, 2022

प्रतिक्रिया दिनुहोस्