केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार ४५ अङ्कले घटेर २१ सय विन्दुमा झर्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन २४,  शेयर बजार ४५ अङ्कले घटेर २१ सय विन्दुमा पुगेको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको जानकारी प्राप्त भएको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २२ वटा कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गणपति लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरै तथा घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, न्यादी हाइड्रो, मध्य भोटेकोसी जलविद्युत र राष्ट्र उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको र समग्रमा शेयर बजार ओरालो लागे पनि हिमालयन हाइड्रो पावरको शेयर झन्डै १० र गुराँस लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको नेप्से परिसूचकका आधारमा  जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित : 9 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्