धानखेत पनि बगाउने गरीको पहिरो जादा नुवाकोट रसुवामा क्षति

सहयात्रा टिभी

काठमाडौ । साउन २५,  गएरातिको वर्षासहितको पहिरोले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत बगाएर ठुलै क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको र त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ । पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन् । नुवाकोट प्रहरीका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको पनि बताएका छन् ।

सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको र देवीकोटको मन्दिर, खैरहनी पुल लगायतमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीद्धारा जानकारी प्राप्त भएको छ ।

 

 

प्रकाशित : 10 August, 2022

प्रतिक्रिया दिनुहोस्