पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको तयारी, २०२३ को १ जनवरीमा उद्घाटन गर्ने

भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।
भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।
नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए ।
१ जनवरीमै किन भने नियमित फ्लाइटअघि निश्चित प्राविधिक पक्ष हुन्छन् । क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने, त्यो गरेपछि निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधार रहेछ, त्यसैले सबै कुरा मिलाउनुपर्ने भएका कारण बताउदै उड्डयनमन्त्रीले जानकारी दिनु भयो ।