केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल उद्योग परिसंघले सिप विकास  मेला आयोजना गर्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन २५, नेपाल उद्योग परिसंघले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म ‘सीएनआई रोजगार तथा सिप मेला, २०२२’ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर मेलामा २०० बढी स्वदेशी र विदेशी रोजगारदाता सहभागी हुने जानकारी दिइएको हो । तीन दिनसम्म चल्ने उक्त मेलामा सिप विकास सम्बन्धी वृहत छलफल हुने बताइएको छ ।

त्यस्तै क्षमता अनुसारको कामका लागि विभिन्न कम्पनीहरूसँग सम्पर्क र छलफल पनि हुने बताइएको छ । पढाइलाई सिपसँग जोड्नका लागि पनि यो मेलामा छलफल हुने बताइएको छ । उक्त मेलामा ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।बजारमा दक्ष जनशक्ति अभाव रहेकाले यो मेलाले रोजगारदाताले खोजेजस्तो जनशक्ति र योग्य जनशक्तिले उपयुक्त काम पाउने अपेक्षा गरिएको छ ।

सिप नभएका जनशक्ति प्रत्येक वर्ष पाँच लाखको हाराहरी बजारमा आउने र सिप नभएकै कारण विदेशिन बाध्य भएकाले यो मेलाले कुनै पनि संगठनमा काम गर्न योग्य बनाउने लक्ष्य लिइएको नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन्। औद्योगिक क्षेत्रमा काम गर्न आवश्यक पर्ने सीप सिकाउने लक्ष्य यो मेलाले राखेको अध्यक्षले जानकारी दिएका छन्।

प्रकाशित : 10 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्