एन्फाको दोस्रो बैठक सम्पन्न, एन्फाको प्रवक्तामा सुरेश साह नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक बिहीबार सम्पन्न भएको छ। बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा भएको थियो। बैठकले एन्फाको प्रवक्तामा सुरेश साहलाई नियुक्त गरेको जानकारी प्राप्त भएको छ ।

बैठकले भदौ ६ देखि १९ गतेसम्म काठमाडौंमा हुने साफ च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गर्ने यसअघिको निर्णय स्वीकृत गरेको पनि जनाएको छ

महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा र टोली व्यवस्थापकमा विन्द्रा देवानलाई नियुक्त गर्ने निर्णय पनि स्वीकृत भएको त्यस्तै एन्फाले विभिन्न १९ निर्णय गर्दै वैठक बसेको थियो । बैठकमा आगामी साफ महिला च्याम्पियनसिपको सामान्य र भिआइपी प्यारापिटको लागि क्रमशः ३०० र ५०० रुपैयाँ टिकट मूल्य तोकेको जनाएको छ ।

 

 

प्रकाशित : 12 August, 2022

प्रतिक्रिया दिनुहोस्