केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ई-पासपोर्ट बनाउन सास्ती

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, चर्का घाम, थामिनसक्नु मानिसको हुल बिच ई–पासपोर्ट बनाउन ३ दिनअघि काठमाडौं आएका सुनसरीका वाल्मिकी रायले अझै अनलाइन फारम भर्न पाएका छैनन् । राहदानी विभाग वरपरका सबै साइबर चहारेर पनि फारम भर्न नसकेका उनीले पासपोर्ट बनाउन अतिनै हैरानी खप्नु पर्ने गुनासो पोखे ।

त्यस्तै त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट वितरण गर्ने गेटको लाइनमा उभिरहेकी थिइन् सप्तरीकी ज्योति साह । ३४ दिनमा ई–पासपोर्ट हात पार्न लागेकी उनी निकै हर्षित देखिन्थिन् । जिल्लामा ई–पासपोर्ट तीन महिना लाग्छ, विभाग आए छिटो बन्छ भन्ने सुनेर काठमाडौं आएकी उनीले ३४ दिनपछि बल्ल बल्ल पासपोर्ट बन्न लागेको दुखेसो पोखिन ।

११ बजे सिस्टम खुल्ने र त्यो पनि पाँचदेखि दश मिनेटसम्मका लागी मात्र । त्यतिञ्जेलमा जसले पालो पायो पायो हाम्रो देशको सिस्टम देखि दिक्क छन् अर्का एक सुनसरीका स्याम गुरागाई, उनको पासपोर्टको अवधि एक वर्ष मात्र बाँकी छ । मलेसिया जाने तयारी गरेका स्याम पासपोर्ट नवीकरणका लागि काठमाडौं आएका हुन् । आफ्नै जिल्लामा नविकरण गराउन, तीन महिना लाग्ने भन्यो, छिटो हुन्छ भनेर राजधानी आएको फारम पनि भर्न पाइएन् ।

दाङका भुपेन्द्र रानालाई अनलाइन फारममा त्रुटि भएको भनेर नयाँ फारम भर्न विभागले फर्काइदिएको छ ।
भुपेन्द्र भन्छन् ‘डिपार्टमेन्ट अफ पासपोर्ट हुने ठाउँमा काठमाडौं भएछ यो हुन्न नयाँ भरेर आउ भनेको छ, पहिला पनि पालो पाउन एक महिना कुर्नु परेको थियो अब कहिले हुने हो थाहा छैन ।’ दुखेसो सुनाउँदै उनले भने ‘घरबाट ल्याएको पैसा पनि सकिन लाग्यो, अब जाउँ कि बसौैं अलमलमा छु ।’
यि र यस्तै समस्या बोकि ई-पासपोर्ट बनाउन सास्ती खप्दै मन भरी घरको चिन्ता र आफ्नो भविष्यको अन्योलमा रहेका थुप्रैको उस्तै गुनासो रहेको थियो । पासपोर्ट सहज तरीकाबाट वितरण गरीयोस । विना झन्झट वैदेशिक रोजगारीमा जान पाइयोस ।

प्रकाशित : 12 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्