कुखुराको खोरमा चोरी कटानीको काठ

सहयात्रा टिभी

महोत्तरी । साउन २८, महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ ।

बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो ।

बरामद काठको मूल्य करिब रु दुई लाख भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ । -रासस

प्रकाशित : 13 August, 2022

प्रतिक्रिया दिनुहोस्