सुरक्षाकर्मी परिचालित गरि फोहोर व्यवस्थापन गर्ने निष्कर्ष

काठमाडौँ । साउन २९, काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन) प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् ।
मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । तर, पूर्वसहमति पालनाको काम गर्दै पटक(पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको महानगरपालिका स्रोतले जानकारी दिएको छ ।