पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ ।

तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका र त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेको जनाएको छ ।

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्