प्रायः एक्लै भ्रमणमा निस्कने हमाल यसपटक मधुसँग दुबई जादै

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, प्रायः एक्लै विदेश भ्रमणमा निस्कने हमाल यसपटक चाहिं पत्नी मधुलाई लिएर सोमबार बिहान दुबई भ्रमणमा निस्किएका छन् ।

हमालले भदौ ५ गते नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा भाग लिने जनाएका छन् । हमाल दुबईमा झण्डै एक साता भन्दा बढी समय रहनेछन् । त्यसक्रममा दुबई घुमघामदेखि डायस्पोराका अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् ।

फिल्म ‘मायाको माया’मा अभिनेता राजेश हमाल अनुबन्धित भएका हमाल भदौ ९ गतेदेखि छायांकन सुरु हुने फिल्ममा हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका चित्रण गर्दैछन् ।

प्रकाशित : 15 August, 2022

प्रतिक्रिया दिनुहोस्