अष्ट्रेलियाले भर्खरै नयाँ सुपरकम्प्युटर लञ्च गर्यो जसले सुपरनोभाको शानदार तस्बिर खिचेको छ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन ३१, सेटोनिक्स अष्ट्रेलियाले भर्खरै नयाँ सुपरकम्प्युटर लञ्च गर्यो । एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ ।
नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्यसैले पावसी सुपरकम्प्युटिङ रिसर्च सेन्टरले सेटोनिक्स नामको एउटा नयाँ सुपरकम्प्युटर लञ्च गरेको छ ।
एएसकेएपीमा ३६ डिश एन्टिना छ जुन टेलिस्कोपले झैँ काम गर्छ । यसलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी सीएसआइआरओले चलाउँछ । यसले संकलन गरेको डाटा, हाई स्पिड अप्टिकल फाइबरमार्फत् पावसी सेन्टरमा पनि पठाइन्छ जहाँ यसलाई प्रोसेस गरिन्छ र यो तस्बिरमा बदलिने गर्छ ।
सेटोनिक्सले मर्दै गरेको सुपरनोभाको निकै सुन्दर तस्बिर खिचेको छ । यो सुपरनोभा करिब १० लाख वर्ष पुरानो हुनसक्छ । यो हामीभन्दा १०,०००–१५,००० प्रकाश वर्ष टाढा छ । सीएसआइआरओका रेडियो खगोल विज्ञानी एरिक आल हिलले यसबारे पहिलो पटक सन् १९६७ मा मृत ताराको रुपमा वर्णन गरेका थिए । नष्ट भइसकेको सुपरनोभा (एसएनआर), मरेका ताराहरुको शक्तिशाली बिस्फोटको अवशेष हुन् ।