स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै फोहोर बोकेका गाडी बाटोमै रोकिए

काठमाडौँ । भदौ १, काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
अवरोध कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।
प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ ।
हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका थिए । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार
सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् । फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।