सिंहदरबारमा आजबाट ग्यास सिलिण्डर लैजान नपाईने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १, सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान नपाईने भएको छ ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान बन्देज लगाईएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अव आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाईने भएको छ ।

प्रकाशित : 17 August, 2022

प्रतिक्रिया दिनुहोस्