राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टीदा २५ घाइते

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएको जनाएको छ ।

 

लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको र अरूको अवस्था सामान्य छ भन्ने खबर प्राप्त भएको छ ।

६/७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी आएको प्रहरीले बताए।

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्