कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्णलीला, सफल नरहे पारिश्रमिक फिर्ता

सहयात्रा टिभी

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको छ ।  रोहित कट्टेल निर्माता रहेको फिल्ममा पुष्पसँग डेब्यु गर्ल श्रद्धा क्षेत्रीले अनस्क्रिन रोमान्स गरेकी छन् ।

फिल्म ‘कृष्णलीला’ अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म यदि सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । शुक्रबारदेखि प्रदर्शन हुन गइरहेको फिल्म व्यापक चल्ने र दर्शकको मन जित्ने कुरामा विश्वस्त बन्दै आफू दुई कारण पारिश्रमिक फिर्ता गर्न तयार भएको पुष्पले सुनाए ।

 

लकडाउनको समयमा चलचित्र क्षेत्र फ्रिज थियो । त्यतिबेला निर्माता रोहित दाइले फिल्म खेल्न प्रस्ताव राख्नुभयो । उहाँको त्यो हिम्मत देखेर म प्रभावित भएको थिएँ ।

‘सबैभन्दा मार निर्मातालाई पर्ने हो । भावनात्मक रुपमा आफू ‘कृष्णलीला’सँग निकट भएकाले पनि पारिश्रमिक फिर्ता गर्नुपर्छ भन्ने महसुस भएको उनले बताए । दीपक वली निर्देशित फिल्ममा पुष्पले अटिजम प्रभावित रोमान्टिक युवकको भूमिका निर्वाह गरेका छन् ।

 

 

प्रकाशित : 18 August, 2022

प्रतिक्रिया दिनुहोस्