केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरुलाई ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ।

नेपाल नागरिक उड्डय प्राधिकरणले भदौ २ गते (बिहीबार) को निर्णयानुसार बिहीबारदेखि नै लागू हुने गरी सोही बमोजिम सम्बन्धित वायुसेवाहरुबाट सेवा शुल्क भुक्तानी लिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

पर्यटन क्षेत्र पुनरूत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिइएको प्राधिकरणका प्रमुख उसवराज खरेलले बताए ।

त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको हो।

सोही अनुरूप, विमानस्थल सेवा शुल्क नियमावली- २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित : 19 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्